Logo

२०१६मा हवाइ यात्रा गर्ने बढे, सेप्टेम्वरसम्म १२ लाख आन्तरिक र १ लाख अन्तरराष्ट्रिय यात्रु

२०१६मा हवाइ यात्रा गर्ने बढे, सेप्टेम्वरसम्म १२ लाख आन्तरिक र १ लाख अन्तरराष्ट्रिय यात्रु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सन् २०१६ २५ लाख यात्रुले अन्तरराष्ट्रिय हवाई यात्रा गरेका छन् । सन् २०१६ को सेप्टेम्वरसम्मा २५ लाख यात्रुले अन्तरराष्ट्रिय हवाई यात्रा गरेका हुन् । यो २०१५ को भन्दा १ लाख ३० हजारले बढी हो । सन् २०१५ को सेप्टेम्बरसम्म २३ लाख ७६ हजारले अन्तरराष्ट्रिय हवाई यात्रा गरेका थिए । त्यस्तै २०१६ को सो अवधिमा ११ लाख ९७ हजार ले आन्तरिक उडान गरेका छन् ।

२०१५ मा आन्तरिक हवाई यात्रुको संख्या ९ लाख ८८ हजार थियो । बुधवार नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट तथा बार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रवक्ता विरेन्द्र श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा उनले क्यानले १ बर्षमा गरेको प्रगतीबारे जानकारी दिएका थिए ।

श्रेष्ठका अनुसार अहिले कालिकोट,अर्घाखाँची,ओखलढुंगा,लमजुङ,गुल्मी र इलाममा गरी ६ ओटा विमानस्थल बन्ने क्रममा छन् ।

त्यस्तै गैतमबुद्ध विमानस्थल नजिकैको घाग्रा खोला डाइभर्सन गरियो । जग्गा अधिग्रहणको काम भइरहेको उनले जानकारी दिए । त्यसैगरी पोखरामा १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिदै छ । निजगढ विमानस्थलको डिपिआर र इआइए भइरहेको छ ।
सो अवसरमा उनले क्यानले २०७१ देखि सन्तोषजनक आय गरेको जानकारी दिए । त्यस्तै हालसम्म क्यानले भोग्नु परेको समस्या तथा उपलब्धिका बारेमा उनले जानकारी दिए ।

कार्यक्रममा क्यानका महानिर्देशक सञ्जिव गौतमले एयर सेफ्टी लिष्टमा राख्न हरसम्भव प्रयास गरेको बताए । क्यानले विभिन्न प्रमाण जुटाएर हाम्रो सुरक्षा अवस्था राम्रा भएको भन्दै युरोपियन युनियनलाई पत्राचार गरेको जानकारी दिए । ‘विदेशी पाहुनाहरुले नेपालको जहाज तथा विमानस्थल प्रयोग गरेका प्रमाण इयुलाई पठाइरहेका छौं’ उनले भने ।

सो अवसरमा त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले टिआइएमा रनवे रिह्याविलिटेसनको काम अघि बढाउन लागिएको जानकारी दिए । त्यस्तै १४ देखि १८ महिनामा अन्य २ ओटा वे तयार हुने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्