Logo

२ महिनामै निगमले चीनबाट दुई जहाज ल्याउने, ६ महिनाभित्र चार ओटा भित्र्याइने

२ महिनामै निगमले चीनबाट दुई जहाज ल्याउने, ६ महिनाभित्र चार ओटा भित्र्याइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले थप ४ ओटा विमान ल्याउने भएको छ । निगमले एमए ६० र वाई १२ ईको विकल्पमा निकट भविष्यमै समान क्षमताका एउटा एमए ६० र ३ ओटा वाई ई विमान ल्याउन लागेको हो ।

चिनीयाँ विमान कम्पनीले दिएको लिखित प्रतिबद्धताका आधारमा विमान ल्याउन लागेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । ती विमान पश्चिमी मुलुकबाट आपूर्ती हुने विमानको अनुमानित मूल्य भन्दा सस्तो हुने समेत उनले बताए ।

निगमले चीनसँग भएको सम्झौता अनुसार ४ ओटा विमान दूई चरणमा ल्याउन लागेको हो । ‘जसअनुसार २ ओटा विमान २ महिनाभित्र नेपाल भित्रयाइने छ,’ उनले भने, ‘बाँकी दुई ओटा अर्को ६ महिनाभित्र ल्याउने छौं ।’ ती विमानबाट करीव २० ओटा विमानस्थलहरुमा नियमित हवाई सेवा सञ्चालन गरिने बताइएको छ ।

चिनीयाँ कम्पनीका पदाधीकारीसँगको भेटमा एमए ६० र वाई १२ ई विमानहरुको सञ्चालन सम्वन्धमा देखापरेका मर्मत सम्भार, वीमा लगायत समस्यामा चिनीयाँ पक्षले नै सहयोग तथा मद्दत गर्ने प्रत्याभुती दिएको छ ।

पहिलो अनुदान स्वरुप प्राप्त गरेको एमए ६० र वाई १२ ई संचालनमा अवरोध आएको सन्दर्भमा विभिन्न चरणमा अध्ययन, वार्ता र सहमती भएपश्चात विमान थप्न लागेको कंशाकारले जानकारी दिए । ४ दशकसम्म निगमले आन्तरिक उडान गर्न तथा नयाँ गन्तव्यमा उडान भर्न थप विमान भित्र्याउन नसकेको अवस्थामा चीनको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगमा ६ ओटा विमान खरीद गर्ने निणर्य गरिएको हो ।

जसअनुसार २०७१ बैशाख १४ गते एमए ६० र कात्तिक १८ गते वाई १२ ई गरी २ वटा विमान ल्याइएको थियो । ती विमानमा समस्या देखिएपछि संचालक समितिलाई अवगत गराई २०७१ माघ १२ मा निगमले पर्यटन मन्त्रालयलाई स्पेयर पार्टसको मूल्य, हवाई वीमा, मर्मत सम्भारलगायतवारे चिनीयाँ पक्षबाट तत्काल सम्वोधन हुनुपर्ने भनी अवगत गराएको थियो । २०७२ साउन ६ मा मन्त्रालयबाट समस्या समाधान कमिटी गठन गरी प्रतिवेदनको प्रतिलिपी समेत निगमलाई उपलब्ध गराएको थियो ।

त्यसपश्चात संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायूसेवा निगम र एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेशनवीच भएको सम्झौता तथा निगमलाई मर्का परेको अन्य विषय समेटी यी विमान ल्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL