Logo

निगमले दुई सरकारी निकायलाई तिर्याे ३५ करोड किस्ता र ब्याज

निगमले दुई सरकारी निकायलाई तिर्याे ३५ करोड किस्ता र ब्याज



काठमाडौं । लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायू सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ।

निगमले दुई थान न्यारो बडी जहाजको पौष महिनाको किस्तावापतको पुरा रकम र वाइड बडी जहाजको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रूपैयाँ भुक्तानी गरेको हो।

निगमका अनुसार कर्जाको किस्ता भुक्तानीलाई नियमित गर्ने अभियान शुरू गरेयता ऋण दाता संस्थालाई कुल ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार रूपैयाँ भुक्तानी गरिएको छ।

अन्तर्राष्ट्रिय वायू सेवा उडानमा सीमित यो कम्पनीसँग हाल दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी विमान सञ्चालनमा रहेको छ। ट्वीन अट्टर विमानको नियमित मर्मत सम्भारमा चुक्दा अहिले निगमको आन्तरिक उडान सेवा एक महिनादेखि ठप्प छ।

प्रतिक्रिया दिनुहोस्