Logo

नेपालमै पहिलोपटक अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन हुँदै,पर्यटन प्रवद्र्धनमा टेवा

नेपालमै पहिलोपटक अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन हुँदै,पर्यटन प्रवद्र्धनमा टेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी (ग्लोवल एडभेन्चर एण्ड माउन्टेनरिङ कन्फरेन्स एण्ड एक्स्पो २०१७) आगामी मार्च ३१ देखि हुने भएको छ । ‘हाउस अफ राजकर्णिकार’ को आयोजनामा हुन लागेको सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ ।

नेपालमै पहिलोपटक पर्वतीय तथा शाहसिक पर्यटनका अन्तरराष्ट्रिय आयामलाई समेट्ने गरी सम्मेलन आयोजना गर्न लागिएको हाउस अफ राजकर्णिकारका प्रवन्ध निर्देशक विरेन्द्र राजकर्णीकारले बताए । उनका अनुसार पर्वतीय तथा शाहसिक पर्यटनका लागि आवश्यक वस्तु, सेवा, सूचना लगायतको विनिमयका लागि सम्मेलन महत्वपूर्ण हुनेछ ।

शाहसिक खेल, शाहसिक पर्यटन र वातावरणीय परिपेक्ष्यमा शाहसिक गतिविधि गरी तीन समानान्तर आयाममा उक्त सम्मेलन केन्द्रीत हुने आयोजकले बताएको छ । सम्मेलनमा बाह्य तथा शाहसिक खेलप्रेमी, एथलेट्स, शाहसिक पर्यटन सञ्चालक, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनको आकर्षणमा शाहसिक तथा पर्वतीय प्रदर्शनीमा शाहसिक पर्यटन सेवा, शाहसिक खेलका उपकरण, माउन्टेन बाइक, प्यारासुट, प्यारा ग्लाइडर, स्काइज, स्केटबोर्डलगायत वस्तुहरू रहनेछन् । त्यस्तै सर्फबोर्ड, माउन्टेनियरिङ हार्निसेस,रुकस्याक, क्याम्प किचन प्रोडक्ट लगायतका वस्तु पनि प्रदर्शनीमा राखिनेछ ।

सम्मेलनमा हिमालयन रस, ट्रेल डिस –३ भ्याली, हिमाली दौड, हिमालयन कायाक रेस, हिमालय एमबीटी च्यालेन्ज, फेवा प्याराग्लाईडिङ शो जस्ता प्रतियोगितासमेत रहनेछन् । २ सय सहभागी र खरिदकर्ता सहभागी रहने सम्मेलनमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतीय संघ, इन्डियन माउन्टेनियरिङ फाउन्डेसन, चाइना माउन्टेनियरिङ एसोसियसन लगायतले पनि सहकार्य गर्नेछन् । सम्मेलनका लागि टर्किस एयरलाइन्स टाइटल स्पोन्सर रहेको छ ।

सम्मेलनले नेपालको प्रवद्र्धनका साथै पर्यटनसँग सम्वन्धि व्यवसायमा समेत सहयोग गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देश्क दिपकराज जोशीले जानकारी दिए । सम्मेलनका प्राविधिक समितिका को चियरमेन लिसा चेग्यलले नेपालमा भएको प्राकृति सम्पदा लाई विश्वमा चिनाउन सहयोग गर्न बताइन् । साथै मेलामा एभरेष्टसँग सम्वन्धित फिल्क तथा भिडियो देखाइनुका साथै विभिन्न सहभागीहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्