Logo

पोखरा सडक महोत्सव पुस १३ गतेदेखि शुरु, होटल र रेष्टुराँमा २० प्रतिशतसम्मको छुट

पोखरा सडक महोत्सव पुस १३ गतेदेखि शुरु, होटल र रेष्टुराँमा २० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १८ औं पोखरा सडक महोत्सव पुस १३ गतेदेखि शुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन अफ नेपाल रेवान पोखराले मेला आयोजन गर्न लागेको हो ।

आइतवार राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको छ । महोत्सव पुस १७ गतेसम्म चल्ने छ । सडकमै खाऔं सडकमै रमाऔं नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव शहीदचोक देखि खहरे डिहिकोपाटनसम्म ३ किलोमिटर क्षेत्रफलमा संचालन हुने छ ।

मेलामा प्रवेशका लागि ५० र १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिने महोत्सव संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।

दिउँसोमा झाँकी र बेलुका युवालक्षित कार्यक्रम आयोजना गरिने रेवाले जानकारी दिएको छ ।

त्यस्तै मेलामा होटल ट्यारिफमा २० प्रतिशतसम्मको छुटको व्यवस्थ गरिएको छ । रेष्टुराँहरुले पनि महोत्सवका लागि छुट्टै मेनु तयार गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा हुनसक्ने अनियमितता रोक्न अनुगमन टोलीको समेत व्यवस्था गरिएको उनले बताए ।

मेलाको लागत १ करोड रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । मेलाबाट भएको आम्दानीबाट तालबाराही स्कुलका लागि सहयोग गर्ने योजना आयोजकको छ ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले विभिन्न अवरोधका बाबजुत पनि महोत्सव आयोजना गरिरहेको भन्दै प्रशंशा गरे । मेलाले नेपाललाई विश्व सामु चिनाउन मदत गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्