Logo

ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन पयर्टनमन्त्री अस्ट्रेलिया जाँदै, पर्यटन वृद्धिमा सहयोग पुग्ने

ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन पयर्टनमन्त्री अस्ट्रेलिया जाँदै, पर्यटन वृद्धिमा सहयोग पुग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलवर्नमा आयोजना हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलिया तर्फ जान लागेका छन् ।

अस्ट्रेलियाको मेलवर्नमा १४ डिसेम्वर देखि २१ डिसेम्वर सम्म एनआरएनले आयोजना गर्न लागेको ग्रान्ड नेपाल फेस्टिवलको प्रमुख अतिथिको रुपमा पर्यटनमन्त्री शाही अस्ट्रेलिया जान लागेका हुन । शाहीले शनिबार ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालको संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले बताए । ‘सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियमा फेस्टिवलको आयोजना गरिनु अत्यान्तै गौरवको कुरा हो,’ उनले भने ‘यो हाम्रा लागि ठूलो उपलब्धि समेत हो ।’

नेपाल फेस्टिबलमा भिक्टोरियाका बहुसाँस्कृतिक तथा अर्थमन्त्री रविन स्कट पनि विशेष अतिथिको रुपमा उपस्थित रहने आयोजक संस्थाले जनाएको छ ।

त्यहाँ रहँदा मन्त्री शाहीले केहि महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्न सक्ने सम्भावना रहेको छ । मन्त्री शाही आज राती अस्ट्रेलिया प्रस्थान गर्ने र २१ डिसेम्वरमा फर्कने कार्यक्रम रहेको मन्त्री शाहीको प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्