Logo

८ महिनामा ८४ ओटा पर्यटनमुलक उद्योग दर्ता, ५ अर्व ३१ करोड लगानी

८ महिनामा ८४ ओटा पर्यटनमुलक उद्योग दर्ता, ५ अर्व ३१ करोड लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा ८४ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका छन् । चालु आवको मंसिर २५ गतेसम्म ८४ ओटा पर्यटनमुलक उद्योग विभागमा दर्ता भएका हुन् ।

यो गत आवको सो अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । गत आवको ८ महिनामा विभागमा ४२ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका थिए ।

तर चालु आवमा दर्ता भएका उद्योगमा लगानी भने गत आवको भन्दा कम रहेको विभागको तथ्यांकले देखाएको छ । चालु आवमा दर्ता भएका त्यस्ता उद्योगमा ५ अर्व ३१ करोड लगानीको प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये स्थिर पूँजी ४ अर्व ८० करोड र चालु पूँजी ३ करोड रहेको छ ।

गत आवमा दर्ता भएका उद्योगको जम्मा पूँजी ५ अर्व ४५ करोड रहेको थियो । त्यस्तै स्थिर पूँजी ५ अर्व १५ करोड र चालु पूँजी २९ करोड । यी उद्योगबाट २ हजार ५ सय ९४ जनालाई रोजगारी दिने प्रतिवद्धता प्रस्तावमा उल्लेख छ ।

चालु आवमा दर्ता भएकामध्ये ९ ओटा ठूला, ४ ओटा मझौला र अन्य साना उद्योग । जसमध्ये सवैभन्दा बढी काठमाडौंमा ५९ ओटा सञ्चालनको प्रस्तव छ ।

आर्थिक बर्ष २०७२/७३ मा ४२ ओटा पर्यटनमूलक उद्योग दर्ता भएकोमा सवैभन्दा बढी काठमाडौंमा २९ ओटा रहेका छन् । ती उद्योमा १ हजार ७ सय २ जनाले रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्