काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेजले सबैभन्दा बढी आयकर बुझाएको भन्दै सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतलीले कम्पनीलाई आर्थिक बर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखीला गरेको भन्दै सम्मानित गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेण्ठले कैलाश हेलीकप्टर सर्भिसेजका प्रबन्ध निर्देशक प्रताप जङ्ग पाण्डेलाई सम्मान पत्र का साथै दोसल्ला ओढाई सम्मान गरेको हो । साथै यस अघि ९ औं राष्ट्रिय कर दिवस २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखीला गरेकोमा यस कम्पनी लाई सम्मानित गरिएको थियो ।