Logo

फूलपातीका दिन निगमको जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने, भाडा कति ?

फूलपातीका दिन निगमको जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने, भाडा कति ?



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले असोज २४ गते फूलपातीका दिन काठमाडौं भैरहवा काठमाडौं उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा उक्त दिन उद्धार उडानका लागि भन्दै निगमको जहाज उक्त रुटमा चलाउन लागिएको हो ।

सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको दिन अर्थात् मिति २०८१ असोज २४ गते (१० अक्टोवर, २०२४) काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए३२० जहाजबाट उद्दार उडान गर्ने जानकारी कम्पनीले दिएको छ ।

निगमले उक्त दिन २ उडान गर्ने भएको छ । जसमा बिहान ११ बजे काठमाडौंदेखि भैरहवा र १२:३० बजे भैरहवा काठमाडौं उडान गर्ने जानकारी दिएको छ । जसको फाडा काठमाडौं भैरहवा एकतर्फी ७ हजार रुपैयाँ र भैरहवा काठमाडौंको ३ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्