Logo

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट



काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । बोर्डका पूर्व सीईओसमेत रहेका रेग्मीले सरकारले आफुलाई सीईओ नबनाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

यसअघि बोर्डमा बसेर आर्थिक अनियमितता गरेको आरोप लागेका रेग्मीले पुनः सीईओ भएर बोर्डमाथि हालीमुहाली गर्ने योजना बनाएका थिए । रेग्मीले बाेर्डकाे सीईओ रहेकाे अवस्थामा शक्तिको दूरुपयोग गर्दै मदिरा सेवन गरी विमानस्थलका कर्मचारीमाथि हातपात र दुर्व्यवहारसमेत गरेका थिए । सोही समयमा उनलाई छानविन गरेर कारवाही गर्न खोज्दा शक्तिको प्रयोग गरी बचेका थिए । तर, सरकारले बोर्डको छवी सुधार्न भन्दै बोर्डकै पूर्व सीईओ दिपकराज जोशीलाई नियुक्त गरेको थियो ।

बोर्ड सीईओ सिफारिस समितिले सीईओ नियुक्तीका लागि रेग्मीसहित दिपकराज जोशी र ज्ञानेश्वरप्रसाद सिंह महतोलाई सरकारसमक्ष सिफारिस गरेको थियो । छनोट समितिको सिफारिस बमोजिम सरकारले ३ जना मध्येबाट जुनसुकै व्यक्तिलाई नियुक्त गर्न सक्दछ । तर, रेग्मीले भने ३ जनामध्येमा आफ्नो बढी नम्बर रहेको ढाडस दिँदै सर्वाेच्चमा उक्त नियुक्ती प्रक्रिया खारेजको माग गर्दै रिट दायर गरेका हुन् ।

साथै उनले वरियतामा दोस्रो नम्बरमा रहेका व्यक्तिलाई अंक लुकाउँदै नियुक्ति गरेको आरोपसमेत लगाएका छन् । उनले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन बोर्डका अध्यक्ष पर्यटन सचिव तथा बोर्ड सदस्यहरु इन्दु घिमिरे, मदन आचार्य, मिलन देवकोटा र प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL