Logo

चन्द्रागिरी हिल्सको नाफा दोब्बरले बढ्यो, एक बर्षमै आर्जन गर्याे २२ करोड ३३ लाख

चन्द्रागिरी हिल्सको नाफा दोब्बरले बढ्यो, एक बर्षमै आर्जन गर्याे २२ करोड ३३ लाख



काठमाडौं । चन्द्रागिरी हिल्सको नाफा ९९.३९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो अघिल्लो आवको तुलनामा झण्डै दोब्बरले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्