Logo

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बनमा, वाइडबडी इटाली पुर्याएपछी छानविनमा

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बनमा, वाइडबडी इटाली पुर्याएपछी छानविनमा



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई निलम्बन गरेको छ ।

निगमको वाइडबडी जहाज ए ३३० ९ एन एएलवाई जहाजलाई सी चेकको अनुमतिविनै इटाली पुर्याएकाे भन्दै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जनालाई निलम्बन गरेको हो । उनिहरुले अर्काे निर्णय नहुँदासम्मका लागि काम गर्न पाउनेछैनन् ।

यसरी निलम्बनमा पर्नेमा निगमका निर्देशक दिपु ज्वारचन, ज्ञानबहादुर कुँवर, रमन घिमिरे, महेश्वरमान डंगोल पनि छन् । प्राधिकरणले निगममा पठाएको पत्रमा कानुनको पालना नगरी गैरजिम्मेवारपूर्ण कार्य गरेकाले यसको छानविन नहुँदासम्मका लागि अकाउन्टेबल कार्यको जिम्मेवारीमा रोक लगाईएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL