Logo

हिमालयको कोलम्बो उडान शनिवारदेखि शुरु, साताको ३ दिन उडान

हिमालयको कोलम्बो उडान शनिवारदेखि शुरु, साताको ३ दिन उडान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले शनिवारदेखि श्रीलंकासँग सिधा हवाई उडान थालेको छ । बिहान साढे ११ बजे एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको जहाज कोलम्बोका लागि उडेको हो ।

हालसम्म विभिन्न देशहरुलाई ट्रान्जिट प्वाइन्ट बनाएर आवतजावत गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । हिमालयको सो जहाजले कतारको दोहामा दैनिक उडान भर्दै आएको छ ।

१ सय ५८ सिट भएको उक्त बिमानबाट हिमालयले अब हप्तामा ३ दिन श्रीलंकामा उडान गर्ने कमर्सियल महाप्रवन्धक राजु केसीले जानकारी दिए। उनका अनुसार पहिलो दिन आज १ सय जना यात्रुहरु बोकेर जहाज कोलम्बो उडेको छ ।

तिव्वत एयरलाइन्सको पनि लगानी रहेको हिमालय एयरलाइन्सले आफ्नो दोस्रो गन्तव्यको रुपमा कोलम्बोमा उडान गरेको हो । यसले नेपाल र श्रीलंकबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको बताइएको छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।

सवा ३ बजे श्रीलंकाको राजधानी कोलम्बोमा पुगी पुनः सवा ४ बजे त्यहाँबाट उडान भएर सवा ८ बजेतिर विमान काठमाडौं फर्किनेछ। एयरलाइन्सले ‘इकोनोमिक क्लास’को लागि एकतर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ निर्धारण गरको छ । राउण्ड ट्रिपका लागि ५० हजार ४१ रुपैयाँ तोकिएको छ ।

त्यस्तै विजनेस क्लासको टिकटको लागि एकतर्फी ४९ हजार ३ सय १९ र राउन्ड ट्रिपको लागि ८२ हजार रुपैयाँ निर्धारण गरिएको केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL