Logo

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर स्थापना गरिदै, टान र किपवीच सहमती

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर स्थापना गरिदै, टान र किपवीच सहमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट (किप) ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा सहयोगीहरुको लागि क्लोथिंग सेन्टर’ संचालन गर्ने भएका छन् । शुक्रवार एक कार्यक्रमवीच टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल र किपका अध्यक्ष बिमल नहर्कीले यससम्वन्धी समmभदारी पत्रमा हस्ताक्षर गरे ।

यस्ता सेन्टरहरुले पदयात्रा सहयोगीहरुलाइ न्युनतम सफाई खर्च लिएर निःशुल्क रुपमा तातो ज्याकेट, ट्राउजर, बुटलगायत सामग्री उपलब्ध गराउने बताइएको छ । पदयात्रा समापन पश्चात उक्त सामाग्रीहरु फिर्ता गर्नुपर्नेछ । किपले दुवै क्लोथीङ सेन्टरहरुको ब्यबस्थापन हेर्नेछ ।

टानले कर्मचारीहरुको तलब तथा घरभाडा व्यहोर्ने बताइएको छ । साथै टानले लुक्लास्थित आफ्नो बन्द भएको ‘क्लोथिंग सेन्टर’ मा भएका सम्पूर्ण सामग्री किपलाइ हस्तान्तरण गर्नेछ र आबश्यकता अनुसार नयाँ लुगा खरिद गर्नेछ ।

कार्यक्रममा टान अध्यक्ष रिजालले यस्ता क्लोथिंग सेन्टरहरुले नेपालबारे विश्व पर्यटन बजारमा नेपालबारे सकारात्मक संदेश प्रबाह गर्ने बिश्वास लिएको बताए । यस्ता क्लोथिंग सेन्टरहरुले आफुसंग न्यानो लुगा तथा जुत्ता नहुने तर उच्च हिमाली क्षेत्रमा काम गर्नुपर्ने हजारौं पदयात्रा सहयोगीहरुलाई सहयोग पुग्ने उनको विश्वास थियो ।

किपले पहिले देखि नै पदयात्रा सहयोगीहरुलाइ ठमेलस्थित आफ्नो कार्यालयबाट यस्तो सुबिधा प्रदान गर्दै आइरहेको छ । साथै अन्नपूर्ण क्षेत्रको लागि टान पोखराले यस्तो क्लोथिंग सेन्टर पोखरामा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL