Logo

दशैंको अवसर पारि निगमले थप्यो उडान, बुधवारदेखि सिमरा,भैरहवा र पोखरामा उडान भर्ने

दशैंको अवसर पारि निगमले थप्यो उडान, बुधवारदेखि सिमरा,भैरहवा र पोखरामा उडान भर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंलाई लक्षित गर्दै बुधवार देखि सिमरा, भैरहवा र पोखरामा उडान भर्ने भएको छ । दशैंमा यात्रुको चाप बढी हुने भन्दै उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रामहरि शर्माले बताए ।

उनका अनुसार सिमरा, भैरहवा र पोखरामा बुधबारदेखि दैनिक एक उडान भर्ने भएको हो । पोखराको फ्लाइट बिहान ६ः३० बजे हुने बताइएको छ । त्यसैगरी, सिमराको बिहान ८ः३० बजे र भैरहवाको फ्लाइट बिहान १०ः३० बजे हुनेछ ।

निगमले पोखराको २५ सय ५०, सिमराको २२ सय २५ र भैरहवाको ३ हजार २५ रुपैयाँ भाडा तोकेको शर्माले जानकारी दिए । निगमले ४ वटा जहाजमार्फत आन्तरिक उडान र ३ वटा जहाजमार्फत अन्तराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL