Logo

हिमालयको दोश्रो नियमित गन्तव्य कोलम्बो, असोज १५ देखि साताको ३ दिन उडान भर्दै

हिमालयको दोश्रो नियमित गन्तव्य कोलम्बो, असोज १५ देखि साताको ३ दिन उडान भर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले असोज १५ गते (अक्टोबर १ तारिक) देखि काठमाडौं श्रीलंका नियमित उडान भर्ने भएको छ । कम्पनीले काठमाडौं कोलम्वो सीधा उडान भर्ने भएको हो ।

नयाँ एयरबसमार्फत कोलम्बोमा उडान भर्न लागेको कम्पनीका एडमिनिष्ट्रेटिभ भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । हिमालयले ३२० २१४ एयरबस मार्फत उडान भर्न लागेको हो । जसमा ८ विजनेश क्लास र १ सय ५० इकोनोमी क्लाससहित १ सय ५८ सिट क्षमता छ ।

प्रत्येक मंगलबार, बिहीबार र शनिवार कोलम्बोमा उडान भर्न लागेको श्रेष्ठले जानकारी दिए । जसअनुसार विमान ११:३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उड्ने हिमालयन एयरको बिमान दिउँसो ३:१५ बजेको समयमा कोलम्बोमा अवतरण हुनेछ । फेरि अपरान्ह ४:१५ मा कोलम्बोबाट उडेर बेलकुी ८:१५मा विमान नेपाल आइपुग्ने छ ।

नेपाल र श्रीलंकावीच व्यापारिक तथा अन्य प्रकारका सम्वन्ध भएपनि सिधा उडान नहुँदा समस्या भएको भन्दै उडान भर्न लागेको कम्पनीका र्कसियल शाखाका महाप्रवन्धक राजु केसीले जानकारी दिए । त्यस्तै सिधा उडान शुरु भएपछि साढे ३ बण्टामा श्रीलंका पुगिने बताए ।

हिमालयले काठमाडौं कोलम्बो रुटमा इकोनोमिकमा एक तर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ र दुई तफी ५० हजार ४३ रुपैयाँ तोकेएको छ । त्यस्तै बिजनेश क्लासको टिकट दर एक तर्फी ३९ हजार ३ सय १९ र दुई तर्फी ८२ हजार २ सय ८१ रुपैयाँ तोकिएको छ ।

कोलम्बो बाट काठमाडौं उडानको भाडादर इकोनोमिकमा एक तर्फी २९ हजार ३ सय ३५ श्रीलंकन रुपैयाँ र दुई तर्फी ५१ हजार ३ सय ५३ रुपैयाँ छ ।
विजनेशतर्फ एक तर्फी ४७ हजार ३ सय ७० र दुई तर्फी ८० हजार ८ रुपैयाँ तोकिएको छ ।

एअरलाइनसले चाँडै नै दिल्ली उडान भर्ने तयारी गरेको जानकारी दिएको छ । अक्टोवर ३० देखि दिल्ली उडान भर्ने तरी प्रक्रिया अघि बढाइएको केसीले बताए । त्यस्तै चाँडै नै चीनको बेइजिङ,ल्हासा र चेइजुमा पनि उडान भर्ने तयारी छ । कम्पनीले केही समय अघि दोहा उडान गरेको थियो । दोहा उडानमा अहिले हिमालय एयरलाइन्सको २५ प्रतिशत सेयर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL