Logo

२०१६ मा पर्यटकको आगमन १६ प्रतिशतले बढ्यो, ३ लाख १३ हजार ५ सयले गरे नेपाल भ्रमण

२०१६ मा पर्यटकको आगमन १६ प्रतिशतले बढ्यो, ३ लाख १३ हजार ५ सयले गरे नेपाल भ्रमण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०१६ मा पर्यटक संख्यामा बृद्धि भएको छ । सो समयाअविधमा अध्यमगमन विभागका अनुसार २०१६ को पहिलो ६ महिनामा ३ लाख १३ हजार ५ सय ५२ पर्यटक भित्रिएका छन् ।

यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा तुलनामा १६ प्रतिशतले बढी हो । २०१५ को पहिलो ६ महिनामा २ लाख ७७ हजार ९ सय ५२ जना पर्यटक भित्रिएका थिए ।

तथ्यांक अनुसार यस बर्ष ५४ हजार २ सय २४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्षको ६ महिनामा ३९ हजार ४ सय भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा भारतीय पर्यटक सवैभन्दा बढी आउँछन् ।

नेपाल भित्रिनेमा दोश्रो स्थान रहेका चिनियाँ पर्यटक भने अघिल्लो बर्षको सो अवधिको तुलनामा २८ प्रतिशतले कम हो । यता पछिल्लो ६ महिनामा नेपाल भित्रने पर्यटक संख्याको बृद्धिद्धरमा अमेरिका सबैभन्दा अगाडी छ ।

१९ हजार ४ सय ४५ जना अमेरिकी पर्यटकले भ्रमण गरेका थिए । यस बर्षको ६ महिनामा सो संख्या ४७ दशमलव ४० अंकले बढेको छ । अहिले २८ हजार ६ सय ७६ पुगेको छ ।
नेपाल भित्रने धेरै पर्यटकमा अमेरिका सूचीको तेस्रो स्थानमा छ ।

वेलायत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी र जापान क्रमशः सूचीको चौथोदेखि दशैं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL