Logo

निगमको दुवई सीधा उडान शुरु, राती ११ः३० मा प्रस्थान

निगमको दुवई सीधा उडान शुरु, राती ११ः३० मा प्रस्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले आजबाट संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्ने भएको छ । आज राती साढे ११ बजे निगमको जहाज दुवई प्रस्थान गर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

उनका अनुसार जहाज उडानका लागि सवै तयारी पुरा भइसकेको छ । साथै आज जहाज पूर्ण क्षतामा उड्ने समेत उनको भनाइ थियो । ‘निगमले दुवई सँगै १ सय ५८ सिट क्षमताको जहाज उडान शुरु गर्न लागेको हो,’ उनले भने, ‘सो जहाजको सम्पूर्ण टिकट बुकिङ भैसकेको छ ।’

निगमले १ सय ५८ सिट क्षमता भएको ए–३२० एयरबसमार्फत दुबई–काठमाडौं सिधा उडान शुरु गर्न लागेको हो । जस अनुसार काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

निगमले जहाजको एकतर्फी भाडा १६ हजार रुपैयाँ निर्धारण गरेको छ । सो रुटमा वार्षिक ४० हजार यात्रु बोक्ने लक्ष्य सहित उडान शुरु गरेको हो । जसबाट १ अर्ब रुपयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ । दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेकाले उनीहरुलाई लक्षित गरी उडान शुरु गर्न लागिएको शर्मा बताउँछन् । ‘दुबई युरोप तथा अमेरिका जाने मुख्यद्वारको रुपमा स्थापित छ,’ उनले भने, ‘सोही अनुरुप निगमले सो रुटलाई प्राथमिकतामा राखेको हो ।’

निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो । लामोसमयदेखि दुवई उडान गरेको निगमले ४ वर्ष अघ सो सेवा बन्द गरेको थियो । हाल नेपाल एयरलाइन्सले हाल बैंकक, हङ्कङ, क्वालालम्पुर, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL