Logo

नेपाल एयरलाइन्सलाई सरकारले नै पैसा तिरेको छैन : पर्यटनमन्त्री किराँती

नेपाल एयरलाइन्सलाई सरकारले नै पैसा तिरेको छैन : पर्यटनमन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको बताएका छन । बिहीबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृत्ती हावी भएको बताए । उनले नेपाल एयरलायन्स सबैले उडाउने तर भाडा चाहिँ नतिर्ने गरेको गुनासो गरेका छन ।

यसैगरी, उनले आफूलाई विभिन्न निकायले कामै गर्न नदिएको पनि बताएका छन । उनले काम गर्ने व्यक्तिले परिणाम निकाल्नसमेत समय नभएको बताएका हुन । ‘संसदीय समितिमा जानै पर्याे, एउटा काम गर्न थाल्यो अख्तियारले बोलाउन थाल्छ, महालेखाले बोलाउँछ, सम्पत्ति शुद्धीकरणले बोलाउँछ ।’ उनी भन्छन, ‘कतिखेर काम गरे परिणाम निकाल्नु ?’

यसैगरी, चिनियाँ जहाज घाटामा गएकाले बेच्न खोज्दा किन बच्ने भन्ने प्रश्न उठ्ने गरेको भन्दै उनले समितिले यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

‘जहाज बेच्न खोज्दा किन बेच्न लागेको भनेर प्रश्न उठ्यो । त्यो जहाज घाममा सुकाउँ कि सुप बनाएर खाउँ ?’ उनी भन्छन, ‘के गर्ने हो ? संसदीय समितिले भनिदिनु पर्याे ।

प्रतिक्रिया दिनुहोस्
MBL