Logo

निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको छैन : पर्यटन मन्त्रालय

निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको छैन : पर्यटन मन्त्रालय



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिएको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै नेवानीबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको बताएको हो ।

यस्तै मन्त्रालयले सरकारले यसका बिषयमा अन्य कुनै निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही निगममै रहनेसमेत जानकारी दिएको छ । यसअघि नेपाल वायुसेवा निगमले गर्दै आईरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा अब खुला प्रतिश्पर्धामार्फत जिम्मा लगाउने कुरा बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्