Logo

हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान पुनः सुरु, अब हप्तामा दुई उडान भर्ने

हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान पुनः सुरु, अब हप्तामा दुई उडान भर्ने



काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट पुनः उडान थालेको हो।

यसअघि कम्पनीले चोङकिङमा २०७५ कात्तिक १ मा उडान थालेपनि कोभिडका कारण बन्द भएको थियो । त्यसपश्चात पुनः मंगलबारदेखि यसको उक्त रुटमा उडान सुरु भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको छ। उडान अवधि ३ घण्टा १४ मिनेटको हो।

जहाज चोङकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५ः५० बजे अवतरण गर्ने छ। उडानमा १२५ यात्रु छन्।

जहाज चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्न ४ः२५ बजे काठमाडौंका लागि उड्नेछ। काठमाडौंमा साँझ ६ः३५ मा अवतरणको तालिका छ।

सातामा दुई पटक मंगलबार र शनिबार उडान गर्ने एयरलाइन्सले जनाएको छ। हिमालय एयरलाइन्सको चीनमा यो चौथो सिधा उडान हो। एयरलाइन्सले बेइजिङ, छिन्ताओ र सांघाईमा पनि नियमित उडान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्