Logo

नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता, दुबै देशका वायुसेवा कम्पनीबीच साझेदारी गर्ने

नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता, दुबै देशका वायुसेवा कम्पनीबीच साझेदारी गर्ने



काठमाडौं । नेपाल र रुवाण्डाबीच द्विपक्षिय हवाई उडान सम्झौता भएको छ । भारतका लागि रुवाण्डाका राजदूत ज्याकलीन मुकांगीराले नेपालमा महावाणिज्यदूतको कार्यालय उद्घाटन गर्दै गर्दा उक्त सम्झौता गरेकी हुन् ।

अधिकारीका अनुसार यो सम्झौता नेपालले अपनाएको उदार आकाश नीति अन्तर्गत हुनेछ । यो सम्झौतासँगै दुवै देशका वायुसेवा कम्पनीहरूले एकअर्काको बजारमा सेवाहरू उपलब्ध गराउन अन्य वायुसेवा कम्पनीहरूसँग साझेदारी गर्न सक्ने भएका छन् ।

रुवाण्डा नागरिक उड्डयन उद्योगले पर्यटन र व्यापारलाई सुदृढ गर्न दुवै देशबीच हवाई सम्पर्क स्थापना गर्ने प्रस्तावलाई पछ्याएको हो । नेपालसँग हवाई सेवा सम्झौता गर्ने रुवाण्डा इजिप्टपछिको दोस्रो अफ्रिकी राष्ट्र भएको छ ।

यस वर्षको अप्रिलसम्म रुवाण्डाले अफ्रिकाका ४९, युरोपका २४, मध्यपूर्व र एसियाका १९ र अमेरिकाका १५ देशसँग गरी कुल १०७ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL