Logo

मकालुको जहाज दुर्घटनामा पाइलट र कोपाइलट घाइते, सिमीकोट अस्पतालमा उपचार हुँदै

मकालुको जहाज दुर्घटनामा पाइलट र कोपाइलट घाइते, सिमीकोट अस्पतालमा उपचार हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार मकालु एयरको सिंगल इञ्जिन जहाज हुम्लाको सिमीकोटमा दुर्घटनाग्रस्त भएको छ । नाइन एन एएलडी कलसाइनको जहाज बिहीवार दिउँसो सिमीकोटबाट सुर्खेत जाँदै गर्दा सिमीकोटको एक खोलामा दुर्घटना भएको हो ।

विमानमा पाइलट साँगे लामा र कोपाइलट प्रशान्त शाह थिए । उनीहरु घाइते भएका छन् । विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गराउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइतेको सिमीकोट जिल्ला अस्पतालमा उपचार हुँदै छ ।

सामान लिएर हुम्ला भएको सिंगल इञ्जिन जहाज फर्किदा कर्णाीलीको किनारमा दुर्घटना भएको स्रोतले बताएको छ ।

सरकारले केही समय अघि सिंगल इञ्जिनको जहाज जोखिम भएको भन्दै चलाउन बन्देज गरेको थियो । तर निजी एयरलाइन्सहरुले विरोध गर्दै चलाइरहेका थिए । सिंगल इञ्जिनको जहाजमा यात्रु बोक्न रोक लगाएको हो । सरकारको सो बन्देज कार्यन्वयन नहुँदा दुर्घटना दोहोरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL