Logo

प्रधानमन्त्री प्रचण्डका कारण वैदेशिक रोजगारीमा जान लागेका ३१ नेपाली अलपत्र, निगमले माग्यो क्षमा

प्रधानमन्त्री प्रचण्डका कारण वैदेशिक रोजगारीमा जान लागेका ३१ नेपाली अलपत्र, निगमले माग्यो क्षमा



काठमाडौं । बुधबार काठमाडौंबाट दुबई जान तयार रहेका ३१ जना यात्रु छुटेपछि नेपाल वायुसेवा निगमले माफी मागेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दुबईको भ्रमणका लागि निस्केका थिए । उनी चढेको जहाजमा दुबई जानुपर्ने नेपाली३१ श्रमिकहरु छुटेका थिए ।

खासगरी जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा भाग लिनका लागि दुबई जान लागेका प्रधानमन्त्री प्रचण्डका लागि नेपाल वायुसेवा निगमले राति साढे ११ बजेको फ्लाईटलाई समय सारेर साढे ९ बजे पुर्याएको थियो ।

समय सारिएकै कारण यात्रुहरु अलपत्र पर्ने अवस्था आएको थियो । तर त्यसबाट यात्रुहरुमा पर्न गएको असुविधाप्रति निगमले क्षमा मागेको छ । यसरी अलपत्र परेका यात्रुहरुलाई निगमले उचित वन्दोवस्तसहित बिहीबार साँझसम्म दुबई पुर्याउन लागेकोसमेत जानकारी दिएको छ ।

यस्तै निगमले यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनिकरण गर्न के के गरियो, जिम्मेवारी निर्वाह भयो भएन भनी आन्तरिक रुपमा छानविन गरि सम्बन्धीतलाई आवश्यक कारवाही गर्न निगमका अध्यक्ष युबराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्