Logo

निजगढ विमानस्थलको लागि जग्गा अधिग्रहण शुरु, धनगढीलाई पनि अन्तरराष्ट्रिय बनाउने तयारी

निजगढ विमानस्थलको लागि जग्गा अधिग्रहण शुरु, धनगढीलाई पनि अन्तरराष्ट्रिय बनाउने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाराको अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि हाल आयोजनाका लागि नेपाल सरकारबाट १ सय १० विगाहा जग्गा अधिग्रहणको काम अघि बढेको छ । त्यस्तै सो अन्तरराष्ट्रिय विमानस्थलका लागि वन जंगल समेत करीव १७ हजार विघा जमीन आवश्यक पर्ने भएकोले सो जग्गा प्राप्तिको प्रक्रिया शुरु भएको छ ।

नेपाल सरकारले आफै बनाउने गरी बजेटको व्यवस्था गरेको हो । मंगलवार सार्वजनिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलको कार्यकालको कार्यक्रमबारे पुस्तकमा यस्तो उल्लेख छ । सो पुस्तिकामा २०७२ कात्तिक १९ देखि साउन ९ गतेसम्मको कार्यक्रम तथा प्रगतीबारे उल्लेख गरिएको छ ।

त्यस्तै भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई आवश्यक थप २ सय ८८ विघा जमिन अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको बताइएको छ । नेपाल सरकारबाट १ सय ४० विगाहा जग्गा अधिग्रहण गर्ने निर्णय भई प्रारम्भिक काम सम्पन्न भएको हो । साथै रनवे फुल लेन्थमा टप स्वायल सम्पन भएको र  हाल अर्थ फिलिङ भइरहेको छ ।

त्यसैगरी पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलका लागि चालु आर्थिक बर्षमा सम्पन्न ३ सय ८० रोपनी जग्गा र ३१ ओटा घरको अधिग्रहणको मुआब्जा वितरण सहित अधिग्रहण गर्नुपर्ने ५ सय २१ रोपनी जग्गमध्ये हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

विराटनगर धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने कार्यको थालनी गर्ने । नेपाल वायुसेवा निगमलाई थप जहाज खरीद गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यता नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन विमानस्थल सुधार आयोजना परिसरभित्र रहेको जग्गामा पाँच तारे होटल बनाउने काम । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्रतिशपर्धाका माध्यमबाट प्राधिकरणलाई अधिकतम लाभ हुने गरी जग्गा लिजमा प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिइएको छ । सो कार्यन्वयनको चरणमा रहेको बताइएको छ ।

होटल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिक अन्तरराष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने सुरक्षालगायतका भौतिक पूर्वाधार विकास निर्माण गर्न बाधा नपर्ने सुनिश्चित गरी निर्माण स्वामित्व हस्तान्तरण (बुट) प्रणालीमा होटल बनाइने भएको हो ।

मंगलवार आयोजित कार्यकालको समिक्षा कार्यक्रममा कार्यक्रममा मन्त्रि पोखरेलले अन्तरराष्ट्रिय बुद्ध सम्मेलन आफ्नो कार्यकालको सफलता भएको बताए । ‘मैले गरेका धेरै काम विभिन्न कारणले पूर्ण सन्तुष्टी मिल्ने बनाउन सकिन’ उनले भने बुद्ध सम्मेलन मैले हासिल गरेको सफलता हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL