Logo

संचालनमा आयो दुई अर्ब लगानीको चारतारे ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ : सयवटा रुम, सयौंलाई रोजगारी

संचालनमा आयो दुई अर्ब लगानीको चारतारे ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ : सयवटा रुम, सयौंलाई रोजगारी



काठमाडौं । अन्तरराष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निर्यात समितिकf सभापति नरेशलाल श्रेष्ठको मुख्य लगानीमा बनेको उक्त होटल आज -बिहीबार_ देखि संचालनमा आएको हो । उक्त होटलको एक कार्यक्रमबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् ।

काठमाडौंको नक्सालमा दुई अर्ब लगानीमा निर्मित उक्त अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ले विदेशी पर्यटकहरुलाई लक्षित गरी उक्त होटल संचालनमा ल्याएको हो । चारतारेस्तरको उक्त होटलमा हाल १ सय वटा कोठा रहेको होटलका अध्यक्ष नरेशलाल श्रेष्ठले जानकारी दिए । उक्त होटलमा नरेशलाल श्रेष्ठका साथै महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ ।

श्रेष्ठका अनुसार उक्त होटलमा स्वीमिङ पुलका साथै दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् । साथै शुरुवाती चरणमा होटलले करिव १ सय जनालाई रोजगारी दिएको छ भने आगामी दिनमा नयाँ सुविधा थप्दै जाने बताए ।

अन्तरािष्ट्रय होलिडे इन विश्वका ११० देशमा रहेको छ । होटलको सेवा, सुविधा, गुणस्तर निकै राम्रो रहेको उक्त होटलका विश्वभर ६ हजार वटा फ्रेन्चाईज रहेको छ । कुल चार रोपनी क्षेत्रफलममा रहेको सो होटलको भवन दुई रोपनीमा निर्माण गरिएको छ । हाल होटमा स्वीमिङ पुल निर्माण चरणमf रहेको र केही समयभित्रै संचालनमा ल्याउनेसमेत उनले जानकारी दिए । करिव ३५ वर्षदेखि व्यवसाlयक क्षेत्रमा सक्रिय श्रेष्ठको नक्सालमै ‘स्वर्णिम बुटिक होटल’ पनि सञ्चालनमा छ । of] ;d”x निर्यात र पर्यटनका साथै जलस्रोत क्षेत्रमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL