Logo

सिम्रिक एयरलाइन्सको दैनिक सिमरा उडान शुरु, भरतपुर र तुम्लिङटार उडान पनि थाल्ने

सिम्रिक एयरलाइन्सको दैनिक सिमरा उडान शुरु, भरतपुर र तुम्लिङटार उडान पनि थाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिम्रिक एयरलाइन्सले साउन ९ गतेदेखि दैनिक रुपमा सिमरा उडान थालेको छ। काठमाडौंबाट दैनिक २ वटा नियमित उडान सिमराका लागि सुरु गरेको हो ।

यो नियमित सिमरा उडानबाट यो वर्षामा यात्रुलाई धेरै राहत पुर्‍याउने एयरलाइन्सको भनाइ छ। त्यस्तै आगामी दिनमा एयरलाइन्सले काठमाडौँबाट भरतपुर र तुम्लिङटार पनि उडान थाल्ने बताइएको छ ।
एयरलाइन्सले हाल चारवटा विमानबाट उडान भरिरहेको छ । एयरलाइन्सले काठमाडौँबाट दैनिक माउन्टेन (पर्वतीय) उडानलगायत पोखरा, भैरहवा, लुक्ला र पोखराबाट जोमसोम उडान गरिरहेको छ। त्यस्तै एयरलाइन्सले नेपालगन्जबाट सिमिकोट, बाजुरा र जुम्लामा पनि आफ्नो सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL