Logo

सेप्टेम्बरमा ९१ हजार पर्यटकले घुमे नेपाल, ९ महिनामा झण्डै ७ लाख पर्यटक भित्रिए

सेप्टेम्बरमा ९१ हजार पर्यटकले घुमे नेपाल, ९ महिनामा झण्डै ७ लाख पर्यटक भित्रिए



काठमाडौं । गएको सेप्टेम्बर महिनामा मात्रै नेपालमा ९१ हजार जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार उक्त एक महिनामै ९१ हजार १२ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

बोर्डका अनुसार यो अवधिमा नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका हुन् । यस्तै यसै अवधिमा ८ हजार १ सय ७४ जना चिनियाँ पर्यटक, ७ हजार ३ सय ६४ जना अमेरिकी पर्यटक र ३ हजार ७ सय १६ जना बंगलादेशी पर्यटक नेपाल घुम्न आएको पाईएको छ ।

यहि अवधिमा नेपालमा बेलायतबाट ३ हजार ६ सय ४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८ सय ५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७ सय ३४ जना पर्यटक नेपाल आएका हुन् ।

यस्तै चालु बर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा झण्डै ७ लाख पर्यटक घुम्न आएका छन् । बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा ६ लाख ९२ हजार ३ सय ७२ जना पर्यटक नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL