Logo

बानथाईले खोल्यो महाराजगञ्जमा शाखा, थाई खानाका विभिन्न परिकार उपलब्ध

बानथाईले खोल्यो महाराजगञ्जमा शाखा, थाई खानाका विभिन्न परिकार उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बानथाई रेष्टुराँले महाराजगञ्जमा शाखा स्थापना गरेको छ । बानथाईको शाखा बुधवारदेखि सञ्चालनमा आएको हो । सो रेष्टुराँको नेपालका लागि थाई राजदुत भुट्टी भुट्टीसन्टले उद्दघाटन गरे ।

सो अवसरमा उनले नेपालमा थाई खानाहरु लोकप्रिय बनदै गएको बताए । रेष्टुराँमा थाई खानाका विभिन्न परिकारहरु उपलब्ध हुने बताइएको छ ।

सस्तो,गुणस्तरीय तथा स्वास्थ्यबर्दक खाना उपलब्ध गराउने रेष्टुराँको उद्देश्य भएको बताइएको छ । नेपालमा थाइ खानाको बढ्दो मागलाई ध्यानमा  राख्दै रेष्टुराँ खोलेको सञ्चालक गणेश ढकालले जानकारी दिए ।

सो रेष्टुराँको क्षकता १ सय ४० जनाको छ । साथै रेष्टुराँमा ४ ओटा बैठक कक्ष छन् । रेष्टुराँमा पार्किङको सुविधा समेत छ । विशेषत थाइल्याण्डमा हुने रेष्टुराँहरुकै डिजाइनमा सो रेष्टुराँ बनाइएको छ ।

बान थाईमा खानाका लागि आवश्यक सामानहरु थाइल्याण्डबाट ल्याइने बताइएको छ । त्यस्तै भक्तपुरमा रहेको आफ्नै अर्गानिक फार्ममा उत्पादित तरकारीहरु प्रयोग गर्ने सञ्चालक ढकालले जानकारी दिए ।

ढकालको दरबारमार्गको रोयल थाइ अष्ट्रिच रेष्टराँ, तीनकुनेको रोयल ब्यांक्वेट र नयाँ बानेश्वरको थाई रेष्टुराँमा समेत लगानी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL