Logo

कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुँदै, डिजिटल म्यापिङ अभियान सुरु

कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुँदै, डिजिटल म्यापिङ अभियान सुरु



काठमाडौं । किर्तिपुरमा सन्ध्याकालिन सम्पदा यात्रा हुने भएको छ । हरेक बर्ष सेप्टेम्बर २७ का दिन मनाईने विश्व पर्यटन दिवशका अवसरमा कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असोज १० गते सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो ।

यसपाली विश्व पर्यटन दिवसको अवसरमा यसपालिको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम छ सन्ध्याकालिन सम्पदा यात्रा गर्न लागेको हो ।

विशेषत: काठमाडौँ उपत्यकाका पर्यटकीय स्थानहरु मध्ये कीर्तिपुरको विशिष्ट पहिचान रहेको छ । डाँडामा रहेको हुँदा साँझको समयमा कीर्तिपुरबाट उपत्यका कै मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठूलो संभावना देखिन्छ । कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवद्र्धन गरिरहेको छ ।

पर्यटकहरू प्रायस् अपरिचित क्षेत्रहरू पत्ता लगाउन डिजिटल नक्साहरूमा भर पर्छन्। डिजिटल नक्साले किर्तिपुरका आकर्षणहरू, सम्पदास्थलहरु, होटलहरू, रेस्टुरेन्टहरू, र अन्य चासोका बिन्दुहरूका लागि सही निर्देशनहरू प्रदान गर्दछ । यसले पर्यटकहरूले सहरलाई सजिलै र प्रभावकारी रूपमा अन्वेषण गर्न मद्धत पुर्याउँछ । यही कुरा मनन गरेर कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रबर्धन र नक्सामा ठाउँहरु, रुटहरु राख्ने अभियान पनि बिहीबारदेखि सुरु गरेको छ ।

सो अवसरमा कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइडहरु, पर्यटनका विद्यार्थीहरु, स्थानीयहरुको सहभागितामा म्यापिङ र डिजिटल प्रवद्र्धन विज्ञ सौरभ ढकालद्वारा प्रस्तुतिकरणका साथै स्थलगत नक्साङ्कन गरिएको थियो । सहभागीहरुले गुगल म्याप लगाएतका नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए । कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिनेछ ।

डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक(समय जानकारी प्रदान गर्दछ। यो तथ्याङ्कले पर्यटकहरूलाई उनीहरूको गतिविधिहरूको बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्
MBL