Logo

निगमको काठमाडौं–दमाम नियमित सिधा उडान शुरु, अब हप्तामा दुई दिन उडान भर्ने

निगमको काठमाडौं–दमाम नियमित सिधा उडान शुरु, अब हप्तामा दुई दिन उडान भर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरेवियाको दमाममा सिधा उडान सुरु गरेको छ । निगमले बुधबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको हो ।

उडान तालिका अनुसार काठमाडौंबाट राती १० ४० मा उडान भरेको पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कँदा १ सय १७ जना यात्रु रहेको निगमले जानकारी दिएको छ ।

काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको बताएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइृन गरी अनलाईनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिने सुविधा निगमले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्