Logo

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट, १९ अर्ब पुँजीगत खर्चको लक्ष्य

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट, १९ अर्ब पुँजीगत खर्चको लक्ष्य



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०र ८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।

प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण÷सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ र कर्मचारीको बोनसमा ५ अर्ब ८९ करोड रुपैइाँ विनियोजन गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL