Logo

भुटान एयरलाइन्सले फेरि पारो–काठमाडौं उडान सुरु गर्ने, सातामा चार उडान हुने

भुटान एयरलाइन्सले फेरि पारो–काठमाडौं उडान सुरु गर्ने, सातामा चार उडान हुने



काठमाडौं । भुटान एयरलाइन्सले नेपालमा फेरि उडाउन सुरु गर्ने भएको छ । कोभिड महामारीपछि भुटान एयरलाइन्सको नेपाल उडान स्थगित भएको थियो ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनी)को भगिनी संस्थाले भुटान एयरलाइन्सले फेरि उडान सुरु गर्न लागेको बताएको हो । यो भुटानको पहिलो निजी एयरलाइन्स कम्पनी हो ।

भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि हप्तामा चार उडान हुने बताइएको छ । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्ने छन् । ‘थन्डर ड्रागनको भूमी’ भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडान सुरु गरेको थियो ।

भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने अवस्थाको सामना गर्नुपरेको बताए । यसपटक भने उडान तालिका नियमित राख्न प्रतिबद्ध रहेको उनले बताए । त्यस्तै, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भुटान एयरलाइन्सको उडान पुनः सुरु भएपछि दुवै देशका पर्यटकलाई सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL