Logo

सिंगापुर एयरलाइन्सले वाइडबडीबाट काठमाडौँमा दसैँ तिहार लक्षित उडान भर्ने

सिंगापुर एयरलाइन्सले वाइडबडीबाट काठमाडौँमा दसैँ तिहार लक्षित उडान भर्ने



काठमाडौँ । सिंगापुर एयरलायन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर बोइङ वाइडबडीबाट उडान भर्ने भएको छ । कम्पनीले सिंगापुरबाट काठमाडौँमा बोइङ ७८७–१० ड्रिमलाइनर वाइड बडीमार्फत उडान भर्ने भएको हो ।

यो वाइडबडी एयरक्राफ्टमा सिट सङ्ख्या धेरै छ । कम्पनीका अनुसार वाइडबडीमा ‘विजनेश क्लास’को सिटमात्रै ३६ वटा छन् भने इकोनोमि क्लास क्याबिन ३०१ वटा छन् । कम्पनीका अनुसार यो विमान सिट संख्याका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने ठुलो विमान हो । यो विमानमा बेडहरू समेत कम्फर्टेबल रहेको कम्पनीको भनाई छ ।

यो विमानले भर्ने उडान अवधिमा यात्रुहरूले अनलिमिटेड वाईफाई सुविधा पाउनेछन् । विमानमा अत्याधुनिक वाईफाई उपकरण जडित भएकाले सम्पूर्ण यात्रुले उडान अवधिभर निःशूल्क वाईफाईको सुविधा पाउने छन् । सिंगापुर एयरलायन्स विश्वकै उत्कृष्ट हवाई कम्पनीको सूचीमा सूचीकृत छ ।

यो एयरलायन्सले सन् २०२३ मा स्काई ट्रेक्स वल्र्ड एयरलाइन अवार्ड समेत पाएको थियो । कम्पनीले २५ डिसेम्बरदेखि काठमाडौँ उडान भर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL