Logo

सिम्रिकले सफायर ग्लोवलको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने, नेपालमा कार्गो उडान भरिदै

सिम्रिकले सफायर ग्लोवलको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने, नेपालमा कार्गो उडान भरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरले अमेरीकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिक अन्तर्राष्ट्रिय उडान गर्ने गरी शुक्रबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायरग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरे । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफिरको संयुक्त लगानीमा संचालन हुने नेपालको उडान गरिने भएको छ । सिम्रिकसँग भएको सम्झौतामा यो वायुसेवाले नेपालमा यात्रु उडान नभएर कार्गो उडान गर्ने भएको छ ।

सो अवसरमा आगामी एक वर्षभित्रमा नै दुईवटा बोइङका ७७७ नामक वाइवडवडि जहाजमार्फत कार्गो उडान गर्ने सफिरका अध्यक्ष राहुलले दिए । उनका अनुसार नेपालमा कार्गो उडानको राम्रो सम्भावना भएकोले सिम्रिकसँग सहकार्य गरेर उडान गर्न चाहेको बताए ।

साथै वायुसेवाले १५ करोड अमेरिकी डलर लगानी गर्ने जानकारी दिएको छ । करीब १६ अर्ब रुपैयाँको यो लगानीमा ७० प्रतिशत सफिरको र ३० प्रतिशत सिम्रिकको हुनेछ ।
यो वायुसेवाले काठमाडौं विमानस्थललाई हव बनाएर उडान गर्ने बताइएको छ । त्यस्तै वायुसेवाले निर्माणाधिन पोखरा, भैरहवा र निजगन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने योजना अगाडि सारेको छ ।

सिम्रिक गु्रपले कार्गो उडानबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान पहुँच पुर्‍याउने उद्देश्यका साथ सफिरसँग साझेदारी गरिएको सिम्रिकका अध्यक्ष क्याप्टेन थापाले जानकारी दिए ।

साथै यात्रु उडानको तुलनामा कार्गो उडानलाई नेपाल सरकारबाट लिने अनुमति पनि सहज हुने बताए । दुइपक्षित सम्झौतापश्चात अब सिम्रिकले अन्तर्राष्ट्रिय उडानको अनुमतिको प्रक्रियासमेत अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्