Logo

हिमालय एयरलाइन्सले काठमाडौं दोहा उडान भर्दै, असार २५ देखि सेवा शुरु

हिमालय एयरलाइन्सले काठमाडौं दोहा उडान भर्दै, असार २५ देखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले असार २७ गतेदेखि दोहा, कतारमा दैनिक उडान सेवा सञ्चालनगर्ने भएको छ । उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्सले  दैनिक उडान सेवा सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

एअरलाइन्सले उडानको लागि साबिककै समयतालिका कायम गर्ने समेत बताएको छ । जसअनुसार विमान काठमाडौँ बाट २३ः०० बजे (स्थानीय समय) उडेर १ः३० बजे (स्थानीय समय) दोहा अवतरण गर्ने छ । त्यसै गरी विमान भोलिपल्ट दोहा बाट २ः ३० बजे (स्थानीय समय) उडेर १०ः १५ बजे (स्थानीय समयमा) काठमाडौँ अवतरण गर्ने छ । एअरलाइन्सले आफनो तोकिएको समयतालिका अनुसार उडान भर्ने बताएको छ ।

एअरलाइन्सले हाल हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिरहेको छ । हिमालय एअरलाइन्सले जेठ १८, २०७३ देखि दोहा, कतारलाई आाफ्नो पहिलो गन्तव्यबनाउँदै पहिलो नियमितउडान शुरु गरेको थियो । एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमताको रहेको छ ।

दोहा गन्तव्यलाइ उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न लागेको कम्पनीका उपाधयक्ष विजय श्रेष्ठले जानकारी दिए । साथै हिमालय एयरलाइन्सको दैनिक उडान सेवाले विशेषगरी कतारमा बस्दै र काम गर्दै आएका यात्रुहरुको लागि उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।

अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले गत जेठ १८ देखि दोहा, कतारमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविस्यमा एअरलाइन्सले दिल्ली, ल्हासा, चेंगदु, बेइजिङ,कोलम्बो, बेंैकक र हंगकंगमा पनि उडान भर्ने योजना बनाएको छ ।

साथै कम्पनीले आगामी पाँच वर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
एअरलाइन्सले केही समयपछि लामो दुरी उडान गर्ने ए ३३० जहाजल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL