Logo

प्राधिकरणको कारबाहीमा वायुसेवा संचालक संघका अध्यक्ष थापा, तोकियो १० हजार जरिवाना

प्राधिकरणको कारबाहीमा वायुसेवा संचालक संघका अध्यक्ष थापा, तोकियो १० हजार जरिवाना



काठमाडौं । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई कारबाही गरेको छ । उनले दिएका अभिव्यक्तिका बारेमा प्राधिकरणले सोधेको स्पष्टिकरणको जवाफ नदिएपछि उनलाई १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरिएको हो ।

उनले प्राधिकरणलाई हवाई उडान सुरक्षामा प्रश्न उठाउँदै आएका छन् । यसअघि प्राधिकरणले गरेका विभिन्न निर्णयहरुमा उनले विमति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL