Logo

हवाई भाडा ३८५ रुपैयाँसम्म घट्यो, सोमबारबाट लागू हुने

हवाई भाडा ३८५ रुपैयाँसम्म घट्यो, सोमबारबाट लागू हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा संचालक संघले हवाइ भाडा घटाएको छ । संघले सोमबारबाट लागू हुने गरी आन्तरिततर्फको हवाइ भाडा घटाएको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

जसअनुसार दूरी अनुसार न्युनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँसम्म घटाएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै संघले आन्तरिकतर्फको हवाइ भाडा घटाएको हो ।

निगमले गतहप्ता हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL