Logo

एयर इन्डियाको जहाजमा प्राविधिक खराबी, त्रिभुवन विमानस्थल १ घण्टा अवरुद्ध

एयर इन्डियाको जहाजमा प्राविधिक खराबी, त्रिभुवन विमानस्थल १ घण्टा अवरुद्ध



काठमाडौं । मंगलबार एयर इन्डियाको जहाजमा प्राविधिक गडबडी देखिएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण करिव १ घण्टा अवरुद्ध भएको छ ।

काठमाडौंबाट दिल्ली उडान लागि तयारी अवस्थामा रहेको उडान नम्बर २१६को जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएपछि यस्तो समस्या आएको हो । उक्त जहाजको ह्विललक भएको थियो ।

जसका कारण काठमाडौंको विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरु करिव १ घण्टा आकाशर्म होल्ड भएका थिए । हाल जहाजलाई धावनमार्गबाट हटाएपछि उडान अवतरण सुचारु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्