Logo

वायुसेवा कम्पनीले पाउने सटही सुविधाको सीमा बढ्यो, यस्तो छ एकिकृत परिपत्रको पूर्णपाठ

वायुसेवा कम्पनीले पाउने सटही सुविधाको सीमा बढ्यो, यस्तो छ एकिकृत परिपत्रको पूर्णपाठ



काठमाडौं । नेपाली वायुसेवा कम्पनीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यसअघि ५० हजार डलरसम्म दिँदै आएको यस्तो सटही सुविधालाई बढाएर १ लाख डलर पुर्याएको हो ।

वायुसेवा संस्थालाई अमेरिकी डलर एक लाख वा सो सरहको रकम भारुमा वा परिवर्त्य विदेशी मुद्रासम्मको आयातको लागि तोकिएको कागजातको आधारमा वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही लिने सकिने व्यवस्था गरेको राष्ट्र बैंकले गरेको हो ।

यसैगरी, राष्ट्र बैंकले वायुसेसेवा सञ्चालक संस्थाको वायुयानले विदेशमा उडान गर्दा विदेशी सरकार–विमानस्थललगायत विदेशी सरकारले तोकेका निकायलाई भुक्तानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा (भारतमा भारु वा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने) व्यवस्था गरेको छ ।

यस्तो व्यवस्थामा सटही सुविधा लिँदा सीमा लागु नहुने व्यवस्था भएको छ । यस्तो सीमा यसअघि नेपाली वायुसेवा कम्पनीहरुले विदेशमा प्राविधिक तालिम लिनका लागि पठाउँदा मात्रै पाउँथे ।

प्रतिक्रिया दिनुहोस्