Logo

वायुसेवा निगमले तिर्याे नागरिक लगानी कोषको ८३ करोड ऋण

वायुसेवा निगमले तिर्याे नागरिक लगानी कोषको ८३ करोड ऋण



काठमाडौं । नेपाल वायुसेवा निगमले नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋण तिरेको छ । गत आर्थिक बर्षको अन्तिम दिन आईतबार निगमले अन्तराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत उक्त रकम भुक्तानी गरेको हो ।

यसअघि निगमले गत बर्ष आषाढ देखि चैत्र सम्ममा २ अर्व ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुंदै गएकोसमेत निगमले जानकारी दिएको छ ।

नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दे आइरहेको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत तिव्र गतिमा अघि वढाइएको निगमले जानकारी दिएको छ ।

निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ । यसबाट आफ्नो राष्ट्रि«य उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्