Logo

सेवा आय साढे ६७ अर्बले घाटामा, ११ महिनामा नेपाली विद्यार्थीले विदेश लगे ९० अर्ब

सेवा आय साढे ६७ अर्बले घाटामा, ११ महिनामा नेपाली विद्यार्थीले विदेश लगे ९० अर्ब



काठमाडौं । चालु आर्थिक बर्ष नेपालको सेवा आय ६७ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको यहि अवधिमा ९९ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको सेवा घाटा हाल साढे ६७ अर्बमा पुगेको हो ।

राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९४.३ प्रतिशतले वृद्धि भई ५८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रुपैयाँ थियो ।

चालु आवको ११ महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३७.९ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फकाे व्यय करिव ९० अर्ब अर्थात ८९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब ३ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL