Logo

दैनिक ७० डलर खर्चिन्छन् पर्यटक, नेपालमा बसाई अवधि बढ्यो

दैनिक ७० डलर खर्चिन्छन् पर्यटक, नेपालमा बसाई अवधि बढ्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल घुम्न आउने एकजना पर्यटकले आफ्नो बसाई अवधिमा दैनिक कति खर्च गर्छ होला? यो सवैको जिज्ञासाको विषय हुनसक्छ । नेपाल आउने एउटा पर्यटकले एकपटकको बसाईमा ७० डलर खर्च गर्ने पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो । २०७२ को पुससम्मा आउने पर्यटकले औसतमा दैनिक ७ हजार खर्च गर्ने गरेको छन् ।

यो अघिल्लो बर्षको सो अवधिको तुलनामा बढी हो । अघिल्लो बर्ष एउटा पर्यटकले औसतमा ४६ दशमलव ४ डलर खर्च गर्ने तथ्यांक सार्वजनिक भएको थियो । त्यस्तै पर्यटकको नेपालमा बसाई पनि बढेको सो तथ्यांकले देखाएको छ ।

पछिल्लो समय पर्यटकको नेपालमा बसाई लम्विएको छ । २०७२को पुससम्म नेपाल आउदा पर्यटक कम्तिमा १३ दिन बस्ने गरेको पाइएको छ । जुन २०७१ को भन्दा बढी हो । २०७१ मा एक पटकक नेपाल आउँदा औसतमा १२ दिन बस्ने गरेको थिए ।

यता २०७१मा पर्यटकको आगमनमा भने कमी आएको छ । २०७२ पुससम्म जम्मा ५ लाख ३९ हजार पर्यटक आएका थिए । जुन अघिल्लो बर्षको सो अवधिको तुलनामा कम हो । अघिल्ले बर्षको पुससम्म ७९ लाख पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL