Logo

आफन्तको विदाई वा स्वागत गर्न अब त्रिभुवन विमानस्थलमा ३ जना मात्रै जान पाउने

आफन्तको विदाई वा स्वागत गर्न अब त्रिभुवन विमानस्थलमा ३ जना मात्रै जान पाउने



काठमाडौं । अब आफन्तहरुलाई विमानस्थलमा छोड्न वा लिन ३ जना मात्रै जान पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै एक जना आफन्तको स्वागत वा विदाई गर्न ३ जना मात्रै जान पाउने बताएको हो ।

एकै जनाको विदाई गर्नका लागि धेरै जना आफन्त विमानस्थलमा जम्मा हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक व्यवस्थापनमा झमेला भएको र दूर्घटना बढेको प्राधिकरणको ठहर छ । सोही अनुसार विमानस्थलमा भिडभाड कम गराउन प्राधिकरणले यो नियम लागू गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL