Logo

क्यासिनो नियमावली संसोधन, एउटा इजाजतपत्रबाट एक क्यासिनो मात्र सञ्चालन

क्यासिनो नियमावली संसोधन, एउटा इजाजतपत्रबाट एक क्यासिनो मात्र सञ्चालन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । क्यासिनो सञ्चालन तथा नियमन नियमावली २०७० संसोधन भएको छ । आर्थिक विधेयक २०७३ ले नियमावली संसोधन गरेको हो । अव क्यासिनो सञ्चालन गर्दा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेलका लागि बार्षिक ७६ लाख  रुपैयाँ  रोयल्टी तिर्नुपर्ने भएको छ ।

यसअघि आधुनिक उपकरणको माध्यमबाट खेलाइने खेलको रोयल्टी २ करोड तिर्नु पथ्र्यो । त्यस्तै पहिला सो बराबरको रकम बुझाएपछि पाँच ठाउँमा मिनि क्यासिनो सञ्चालन गर्न पाउनेमा अहिले एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति तथा निकायले क्यासिनो सञ्चालन गरे वापत बार्षिक ३ करोड तिर्नुपर्ने भएको छ । रोयल्टी वापतको रकम सम्वन्धित क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त व्यक्ति वा निकायले आर्थिक बर्ष प्रारम्भ भएको मितिले २ महिनाभित्र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाउनुपर्ने छ ।

तोकिएको अवधिभित्र रोयल्टी नवुझाउने व्यक्ति वा निकायलाई सो रोयल्टी रकमको बार्षिक १५ प्रतिशतका दरले शुल्क थप लिइने बताइएको छ । त्यस्तै म्याद नाघेको मितिले ३ महिनासम्म रकम नबुझाएको अवस्थामा बार्षिक १५ प्रतिशतका दरले थप शुल्क समत लगाइ रोयल्टी असुल उपर गरिने छ ।

क्यासिनो रोयल्टिको नियमन र प्रशासन सम्वन्धी सम्पूर्ण कार्य संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL