काठमाडौं । होटल संघ नेपाल (हान) को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार हुने ४८औं वार्षिक साधारणसभामा औपचारिक घोषणा गर्ने भए पनि निर्वाचन समितिले निर्वाचित सदस्यको नामावली सार्वजनिक गरेको छ ।
पाँचतारे चेन होटल ह्यात होटलबाट जयदिन श्रेष्ठ र र्याडिसन होटलका विधाता श्रेष्ठ, पाँचतारेबाट सांग्रिला होटलका प्रविणबहादुर पाण्डे र एभरेस्ट होटलका सारिक अहमद लारी रहेका छन् ।
त्यस्तै चारतारेबाट होटल हिमालयका दिनेश श्रेष्ठ र होटल शंकरका विनोदशंकर श्रेष्ठ रहेका छन् । तीनतारेबाट एयरपोर्ट होटलका विनायक शाह र होटल वैशालीका विशालकुमार कैंथ, दुईतारेबाट ल्यान्डमार्कका राजेन्द्र भट्ट र इन्टरनेसनल गेस्ट हाउसका रामकुमार पुरी छने भने एकतारेबाट क्राउन प्लाजाका युवराज श्रेष्ठ र गणेश हिमालका ठाकुरप्रसाद पोखरेल रहेका छन् ।
पर्यटकस्तरीय होटलबाट साजन शाक्य र लक्ष्मण अर्याल, रिसोर्टबाट विप्लव पौडेल र गोपाल राना रहेका छन् भने क्षेत्रीय होटल संघबाट राजन श्रेष्ठ र सुमन घिमिरे रहका छन् ।
समितिले सार्वजनिक गरेको नाममध्ये शाह अध्यक्ष पक्का भइसकेका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी हरेको छ । १५ गते बस्ने बैठकबाट पदाधिकारीहरुको टुंगो लाग्ने जनाइएको छ ।