Logo

आईतबार मनकामना केवलकार नचल्ने, यस्तो छ कारण

आईतबार मनकामना केवलकार नचल्ने, यस्तो छ कारण



काठमाडौं। आगामी आइतबार मनकामना केवलकार सेवा बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले शुक्रबार एक सूचना जारी गर्दै चितवनको कुरिनटारबाट गोरखास्थित मनकामना मन्दिर पुग्ने उक्त केबुलकार बन्द हुने बताएको हो । प

चितवनमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने भएकलो सो निर्वाचनलाई प्रत्यक्ष असर नपरोस भन्नका लागि कम्पनीले केबुलकार सेवा बन्द गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि केबुलकार बन्द गर्ने निर्णय गरेर मनकामना दर्शन प्रालिलाई मतदानका दिन सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी केबलकार संचालन नगर्न निर्देशन दिएकाले सोही अनुसार बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL