काठमाडौं । हिमालय एअरलाइन्सले दोहामा आफ्नो नियमित उडान शुरु गर्ने भएको छ । हिमालय एअरलाइन्सले जेठ १८ गतेदेखि उडान शुरु गर्न लागेको हो । सोमवार पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको थियो । ८ बिजनेश क्लास तथा १ सय ५० इकोनोमी क्लाससहित १ सय ५८ सीट क्षमताको एअरबस ३२० २१४ विमानले काठमाडौं दोहा उडान भर्न लागेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
उडान तालिका अनुसार काठमाडौंबाट ११ बजे उडेर साढे १ मा दोहा अवतरण गर्नेछ ।
शुरुका केही दिन हप्ताको ३ ओटा उडान भर्ने श्रेष्ठले जानकारी दिए । जुन १५ तारिक पछि भने दैनिक नियमित गर्ने । सो उडानले दुई देशबीच पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्वन्ध विकाश तथा विस्ततरमा सहज हुने उनले बताए ।
एअरलाइन्सले क्लियोपेट्रा ट्राभल्सलाई कतारका लागि जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । सो कम्पनीले बतारमा एअरलाइन्सको बजार बिकास,सिट संरक्षण,टिकेटिङलगायत सेवाहरु प्रदान गर्नेछ ।
त्यस्तै हिमालयले आगामी एक डेढ महिनामा दिल्ली उडान भर्ने तयारी गरेको उनले जानकारी दिए । ‘हाल दिल्ली उडानका लागि प्रपोजलहरु पठाएका छौं,’ उनले भने ‘दिल्लीको नियामक निकायले स्वीकृति दिनेवित्तिकै उडान भर्ने छौं ।’ त्यस्तै ठिक समयमा उडान भर्ने प्रतिवद्धता व्यक्त गरे ।
हिमालय एअरलाइन्सले नयाँ जहाजमात्र उडाउने योजना रहेको महाप्रवन्धक राजुबहादुर केसीले बताए । त्यसैगरी बैंकक,हङ्कङ,सिंगापुर युरोपमा पनि उडान भर्ने बताइएको छ ।