Logo

इन्धनको मूल्य १० रुपैयाँले घटेपछि हवाई भाडा पनि घट्यो, अब कहाँ जान कति तिर्नुपर्छ ?

इन्धनको मूल्य १० रुपैयाँले घटेपछि हवाई भाडा पनि घट्यो, अब कहाँ जान कति तिर्नुपर्छ ?



काठमाडौं । इन्धनको मूल्य घटेसँगै हवाईभाडा पनि घटेको छ । नेपाल आयल निगमले गएको सोमबार हवाई इन्धन, डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएपछि हवाईभाडा पनि ५ सय ३५ रुपैयाँसम्मले घटेको हो ।

मंगलबार साँझ वायुसेवा सञ्चालक संघले जारी गरेको नयाँ हवाई भाडादर अनुसार सबैभन्दा बढी भाडा विराटनगरदेखि नेपालगंजको घटेको हो । संघका अनुसार यस रुटको हवाई भाडा साविकको तुलनामा ५ सय ३५ रुपैयाँले घटेको हो । यसअघि यो रुटको भाडा ९ हजार १ सय ३० रुपैयाँ रहेकोमा अब ८ हजार ५ सय ९५ रुपैयाँ तिरे पुग्नेछ । यस्तै संघले काठमाडौंदेखि धनगढीको भाडा ४ सय ४० रुपैयाँले, पोखरादेखि भद्रपुरको भाडा ४ सय ५ रुपैयाँले र बिराटनगरदेखि भैरहवासम्मको भाडा ३ सय ९० रुपैयाँले घटाएको छ ।

संघका अनुसार हवाई भाडामा विभिन्न शिर्षकसँगै फ्युल सरचार्ज जोडिन्छ । भाडामा जोडिने फ्युल सरचार्ज भने इन्धनको मूल्य घटबढ भएअनुसार भाडामा पनि घटबढ गरिन्छ । यसैका कारण नेपाल आयल निगमले सोमबार घटाएको हवाइ इन्धनको मूल्य अनुसार नै हवाई भाडा पनि घटेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्