Logo

अन्तरराष्ट्रिय बौद्ध गोष्ठी बिहीवारदेखि, २८ मुलुकका प्रतिनिधि सहभागी हुँदै

अन्तरराष्ट्रिय बौद्ध गोष्ठी बिहीवारदेखि, २८ मुलुकका प्रतिनिधि सहभागी हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय बौद्ध गोष्ठी बिहीवारदेखि शुरु हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सम्मेलन संयोजक तथा सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । बुधवार राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गरी सो बारे जानकारी दिइएको हो ।

जसअनुसार जेठ ७ र ८ गते काठमाडौंमा बौद्ध सम्मेलन र ९ गते २५ सय ६० औं बुद्ध जयन्ती लुम्विनीमा बुद्ध जयन्ती मनाइदै छ । नेपाल बुद्धको जन्म स्थल मात्र नभई बौद्ध दर्शन तथा अध्यात्मको उद्गम भूमिको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा २८ मुलुकमा सरकारी प्रतिनिधि,प्रष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणीलगायत उपस्थित हुनेछन् ।

सम्मेलनमा भारत,कोरिया,जापान,अमेरिका,दोहा,बंगलादेश,चिनलगायत देशका बौद्ध विद्धान,पुरातत्वविद तथा राजनितिक व्यक्रित्वहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै संयुक्त राष्ट्र संघका वानकि मुनले आफ्नो प्रतिनिधिका साथमा सन्देश पठाउने पोखरेलले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा गोष्ठी तथा बुद्ध जयन्ती समारोहको लुम्बिनी घोषणा पत्र जारी गर्दै अन्तरराष्ट्रिय स्तरको संयन्त्र निर्माण गरी कार्ययोजना सहित कार्यन्वयन गर्ने बताइएको छ । कार्यक्रमले नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने विश्वास उनको छ । सम्मेलनका लागि नेपाल सरकारले १ करोड, लुम्विनी विकास कोषले १ करोड र पर्यटन बोर्डले २ करोड रुपैयाँ छुट्याएको बताइएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दघाटन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL